Thursday, May 14, 2020

Sunset View

Sunset view from Chitwan (Shivanagar) Shot on Oneplus7/mobilephotography

Monday, May 11, 2020

बादल लागेका आँखा


अचानक एउटी महिला मेरो अगाडी आईपुग्छिन, टक्क उभिन्छिन् र टेबल ठटाउँदै रुखो स्वरमा बोल्छिन्, "को हौ तिमी?" औषधी लेख्दै गरेको पानाबाट थोरै नजर उठाएर हेर्छु: एउटी होंचीहोंची कुप्री परेकी बुढी आमा, जसको पाइलाहरु ओपिडि कोठाको भुइँमा देखिन्थे तर यस्तो लाग्थ्यो कि उनी जीवनकै उत्तरार्धमा उभीईरहेकी छिन। अन्य सबै बुढाबुढी भन्दा भिन्न , उनको चिनारी भनौं या बिशेषता : उमेरले ७० काटेपनी आँखामा भने आधुनिक जमानाका नौजवान युवतीहरुले लगाउने खालको कालो गग्स हुन्थ्यो सुहाउन पनि औधी सुहाउने नाम पनि उस्तै राम्रो आमाको: बाटुली उनको प्रश्नको जवाफ फर्काउँछु, "आमा, डाक्टर हुँँ हजुरहरुको जांच ओखतिमुलो गर्न आको " यो सुन्नासाथ उनी दंग पर्छिन नक्कले चस्मा खोल्दै देब्रे आँखा देखाएर भन्छिन, "लौ उसोभा मेरो बादल लागेको आँखाको अपरेसन गर्दिहाल बाबै, झट्टै, आजै " केबल एमबिबिएस ग्र्याजुएट मात्र भएकोले आफ्नो सिमा सम्झाउँदै भन्छु, "आमा आँखाको डाक्टर हैन , अपरेसन गर्न जान्दिनँ नी " अनी उनी मुख खुम्चाउंदै फतफताउंदै आफ्नो बाटो लाग्छिन, "तेत्ती नि नजान्ने के को डाक्टर?" सोंचमग्न हुन्छु, सांच्ची के को डाक्टर? एमडी नगरेसम्म केबल मान्छेको डाक्टर मात्र भन्दा उचित होला
यो दृश्य कुनै ठुलो अस्पताल या नुर्सिङ होमको हैन , यो त हेटौंडा नगरीको कुनो अनी सुनसान जंगलको बिचमा अवस्थित एक वृध्दाश्रमको , जहाँं कैयौँ वृध्दवृध्दाहरु सो जंगलभन्दा सुनसान र भारी मन बोकेर जीवनको अन्तिम अध्याय कटाउँदै थिए, आफन्त परिवारजनबाट धेरै पर हप्ता मा दुई दिन सोमबार शुक्रबार हेटौंडा अस्पतालको ब्यस्त ओपिडी सकाएर बजेपछी बचेँखुचेको थोरै जाँगर बोकेर सो वृध्दाश्रम को आमाबुवाको सेवामा पुग्नेगर्थे सो आश्रम मेरो परिवारजस्तै भईसकेको थियो बाटुली आमै दिनहुँँजस्तो मेरोसामू आईपुग्थिन् एउटै प्रश्न दोहोर्याउँथिन, "को हौ तिमी?" शायद Dementia रोग थियो उनलाई: बुढेसकालको रोग, बिर्सने रोग सधैं जस्तो मेरो जवाफ पनि उही हुन्थ्यो अनी उनको रिस नैराश्यता दिन हप्ता महिनाहरु बित्दै गए उता आँखा अस्पतालसँग सहकार्य गर्दागर्दै पनि उहाँको आँखाको अपरेसन गर्ने अवस्था बनिसकेको थिएन बिस्तारै आँफैलाई त्यो आमाको नजरमा कताकता निरिह गैरजिम्मेवार महशुस गर्न थालेँ एकदिन गफको सिलसिलामा आँट जुटाएर सोधेँ ,"आमा हजुरको एउटा आँखा सध्दे नै हेर्न मिलेकै झन कालो चस्मा लगाउदा कती राम्री पुतली जस्ती देखिनुहुन्छ , आँखाको अपरेसन नगरे हुन्न ? " अनी उनी भावुक हुँदै बोलिन, "मेरो छोरोले बर्ष पहिले मलाई यहाँ ल्याएको थियो , एकमात्र छोरो मेरो , मुटु को टुक्रा आमा यो हजुरको आँखाको अपरेसन गर्ने ठाउँ हो , दुई-तीन दिन बस्नु , मलाई अफिसको धेरै काम , अपरेसन भएपछी हजुर लाई लिन आउँछु भनेर गाको यहाँ मेरो अपरेसन नै गर्दिदैन  कत्ती भनिसकेँ " वाक्य सुनेर अवाक भएँ मसँग बोल्ने कुनै शब्द रहेन ओहो आमा कत्रो ठुलो धमिलो कथा लाई विश्वाश गरेर बसेकी छन लाग्यो तत्काललाई उनको लागि आँखा होस् या झुठो आश्वाशन सङ्लो  नभएकै बेश चुपचाप कुर्चीबाट उठें त्यहांदेखी बाहिरिएँ गेटैमा एउटा मन्दिर थियो , मुर्ती बोल्दो हो सोध्न मन थियो , यो कस्तो Dementia रोग बनयौ ईश्वर जसले हप्तैपिच्छे आउने मलाई सम्झिँदैन तर बषौं पहिलेको निष्ठुरी छोराको यादहरुलाई बिर्साउन सक्दैन ...                                 

Most Viewed