Wednesday, August 28, 2013

Revolution 2020


Excluding some bookworms, reading might not be of that much joy as playing cards, watching movies or having hang out with friends. But sometimes it gives you such a wonderful feeling that you start enjoying each words of the book much more than investing your valuable time at other useless tasks. Same is true for me in case of novels. After starting a novel , it pulls me in such a wonderland of addiction that I can't stop until and unless there is no more pages to turn. In this weekened,  I planned to do justice with my hobby. So, I went through "Revolution 2020", novel by Chetan Bhagat, on my brothers recommendation. It took almost one sleepless night to reach the end and  let me say it was complete utilization of time.
The book has written in simple English language so it is easy to go with flow of the Tale . Story of the novel has set in the holy city of Varanasi. Basically It is the story of two boys Gopal, Raghav and a girl Aarti. The story is narrated by Gopal, the protagonist of the story. 
This book has nicely presented about the three things in particulars :
1.Love triangle:
  • How it feels when someone you love deeply, from the childhood, who even used to be your best friend as well , is snatched by someone else on the basis of having good future and money and all you can do is just listen and watch their romantic life.
  • How it feels when someone you loved the most is too busy that he can't manage the time to spend with you as in past
  • How it feels when your girlfriend sleeps with someone else just because your busy work is not letting you to be with her each day to express the love
  • How it feels to know that your girlfriend is only an opportunistic creature
2.Corruption in the educational sector, social problems:
  • How it feels to know that you are from that social background whera a man with criminal mentality and political power can solve your 8/9 years long legal problem within few days and makes it in your favour
  • How it feels to know that this is the society where even uneducated man can run the educational institutes like technical colleges just because he/she has money & power
  • How it feels to know that people are Making educational sector as the biggest business plateform
3.Trio of ambition, achievement and self satisfaction:
  • How it feels when your sick poor father sends money to prepare for entrance examinations without doing his treatment and even after preparing hard you can’t be selected  in entrance examination
  • How it feels when your parent die with set mentality that his son can’t do anything wonderful and the future is uncertain
  • How it feels when your close friend with whom you spent so many years in same class, same bench gets selected in good engineering college and all you can do is congratulate him and watch his happiness hiding your own pain of failure
  • How it feels even after achieving all the things that you wanted, you can’t have that desired satisfaction
        And many more………
To know all these answers, get the book, don’t plan anything else for a day, set the time and start turning the pages. I bet you will enjoy the reading. Overall the book is good to read. Still there are some rooms for betterment. Personally, I think it would have better if the author had shortened the second part where he has spent lots of words just to describe corruption in society, a common and well know reality , which is slight boring. Also , it would have better if Aarti’s role wouldn’t have made that much of dramatic/filmy. Otherwise , I found the book wonderful. In a nutshell , you will enjoy the book from the coverpage to the ending with lots of ups and downs of the events and it will certainly leave you with a huge question of debate about the selection of  right vs wrong.
#Thank You...

Monday, August 12, 2013

अपरिचित आमा

आमा :आँफैमा कती पवित्र नाम। सुनेको थियँ आमा ममताकी खानी हुन् , प्रेमकी जननी हुन अनी महानताकी पूजारी हुन आँफु जलेर सन्ततिलाई सद्भावको न्यानो छर्ने देवी हुन । एउटा सुक्ष्म भ्रुणदेखी लिएर निर्दोष शिशुको रुपमा अस्पातलको बेडमा छट्पटाउँदै गर्दाको यो पलसम्म आइपुग्दा यस्तैयस्तै भजनहरु कल्पिँदै ति महान आमाको मुहार हेर्ने प्रतिक्ष्यामा नौ महिना पाँच दिन बिताएको थियँ मैले । तर के थाहा मलाई यथार्थ भजनसरी मिठो हुँदोरहेनछ, भोगाइ कथासरी सरल हुँदोरहेनछ। किनकी ममताले रेटिएको  बालक हुँ जसलाई सपनाको शिखरमा पुर्याएर विवशताको खाडलमा धकेलिएको थियो । जसको परीणाम  आज अस्पातलको एउटा कुनामा लाचार जिन्दगी बनेर फालिएकोछु हेर्दा आँफु जस्तैजस्तै देखिने सबै बालकहरु आमाको काखमा लडिबुडी खेल्दैछन् , आमाको पोषिलो दुध अमृतधारासरी पिउँदैछन्। लाग्दछ उनिहरुको रुवाइमा पनि खुशी छ। देख्दैछु अस्पातलको भित्ताभित्तामा "आमाको दुध अमृत समान, प्रतिरक्षाप्रणालिको आधार" लेखिएका पोस्टरहरु टाँसिएकाछन आमाहरु बच्चालाई तेल घसेर हड्डी बलियो बनाउने चेष्टामा देखिन्छन, भिडभाडमा बच्चालाई रोग सर्ला भनेर स्याहार को पर्खाल ठड्याउँदैछन , बच्चाका परिवारहरु खुशीले पागल देखिन्छन अनी हजारौँको भोजको आयोजना गर्दैछन अरे। आहा कस्तो रमणिय बातावरण अचानक फेरी आँफुलाई नियाल्छु अनी कल्पिन थाल्छु : पनि उनिहरुजस्तै बालक हुँ , तर किन एक्लिएको छु, मैले आमा भनेर बोलाउने देवी को हुन् , मेरो जन्ममा खुशी हुने ओठहरु खै कता छन
थाहै नपाई एक कान दुई कान गर्दै पूरै वार्डभरी म छलफलको बिषय बनिसकेछु । मेरो साँघुरो कोक्रोसंगैको फराकिलो नर्सिङइस्टेसनमा नर्सहरु कुरा गर्दैथिए , "मलाई vaccum delivery गरेर जन्माउनुपरेको रे , राम्रैसँग जन्मिएछु। तर बिडम्बना अरु बच्चाहरुभन्दा अलि प्रिथक हुनपुगेछु। मेरो माथिल्लो ओठ चिरिएको रहेछ(Cleft lip and cleft palate) जन्मेको भोलिपल्ट पिशाब फेर्न भनेर निस्केकी मेरी आमा नफर्किने गरी गइछन यत्रो अस्पातालमा मलाई अलपत्र पारेर। " शायद उनले चाहेजस्तो रहेनछु : मेरो दुर्भाग्य भनुँ या उनको विवशता । फेरी सुने , " यो भन्दा पहिले मेरो दाजु पनि यस्तै जन्मिएका रे , अनी यसैगरी एक्लियर बालमन्दिरमा  निरिह जीवन बिताउंदैछन् रे" यि निर्दयी वाक्यहरु मेरो कानमा ठोक्किँदैगर्दा ति आमाप्रतिको बुझाई अझ कठोर र तितो यथार्थ बनेर मेरो कलिलो मानसपटलमा सलबलाउन थाले ।
कस्तो यथार्थ हो यो, के मेरी आमा अरु आमाहरुभन्दा भिन्न नै हुन् ? के मेरी आमाको मन चट्टानकै थियो? के उनलाई आफ्नै गर्भमा हुर्काएको छोराको अलिकती पनि माया लागेन होला? कि उनी कुनै समस्याबाट गुज्रिंदै थिइन या उनको नाजायज सम्बन्धको उपज हुँ ? यस्ता हजारौँ प्रश्नहरु उब्जिंदैछन मेरो मनमा अब मलाई कसले स्याहार गर्ला , मैले कसलाई आफ्नो अभिभावक मान्ने शंकैशंकाले जेलिएको छु ? चारैतिरबाट नौलो एक्लो महशुस हुँदैछ मलाई भक्कानो छोडेर रोउँ जस्तो लाग्छ । विन्ती आमा यसरी निरिह पारेर छोड्नुभन्दा त गर्वमै किन नरेटेकी मलाई ? थाहा छैन नौ महिना गर्भमा बोकेर जन्म दिएकोमा धन्यवाद दिउँ या अनाथ बनाएर छोडेकिमा घ्रिणा गरु तिमीलाई ? यही सम्मान घ्रिणाको ध्रुविकरणमा रुमल्लीइरहेकोछ मेरो कठिन बाल्यकाल
सायद अब मेरा अभिभावक यिनै नर्सहरु पो हुन कि ? आमाको पोषिलो दुध खानबाट वन्चित हुँदा कमसेकम बजारकै दुध भएपनी खुवाउँदैछन् यिनिहरु अरु बालकसरी एउटा निश्चित अभिभावक त अब  रहेनन मेरा यहाँ नर्सहरुको ड्युटी फेरियसँगै मेरा अभिभावकहरु पनि फेरिँदैछन तर मलाई उनिहरुले गर्ने स्याहारमा कताकता आमाको ममता खड्किनैरहन्छ मैले वार्डमा अरु बच्चाले पाउने आमाको मायासँग तुलना गरेर पनि होला। लाग्दछ नर्सहरु माया दर्साइरहेकाछैनन केवल कर्तब्य पुरा गर्दैछन तरपनी उनिहरुप्रती कुनै गुनासो छैन मलाई कमसेकम उनिहरु मेरी आमासरी निष्ठुरी छैनन, जसले आफ्नै बच्चालाई छाडेर गइन उनिहरु अन्जान बच्चालाई कर्तब्य नै सम्झेर किन नहोस स्याहार गरिराखेकै छन नि धन्य,  मलाई मर्न  दिएका छैनन बेलाबेला  चम्चाले दुध खुवाउँदा मेरो ओठले राम्रोसँग साथ नदिएर पोखिन्छ , उनिहरु नाक खुम्चाउँछन दिशापिशाब रोक्न सक्दिन , सफा गर्नुपरेकोमा झिन्झो मान्छन तरपनी खुशी नै छु । किनकी "नहुनुभन्दा कानो मामा बेस" भन्ने उखान सुनेको थियँ, फरक यत्ती हो कि मैले आमा सम्झेर बुझेको छु तरपनी भर्खर दस एघार दिन गन्दैगरेको मुटु कमलो हुनु स्वभाविकै हो , त्यसमाथि यो बज्रपात : धान्न खोज्दाखोज्दै पनि आसुँ झरिदिन्छ , भक्कनो फुटिहाल्छ विडम्बना खुलेर रुन पनि पाउँदिन मेरो रुवाइसँगै नजिकैको कन्फेरेन्स हलको ढोका खुल्छ डाक्टर चिच्याउँछन , "नर्स दिदी यो बच्चालाई भुलाउनुस् , भित्र क्लास हुँदैछ , डिष्टर्ब भयो " यि कठोर वाक्यहरुले मलाई असह्य पिडा हुन्छ यता मेरो जिन्दगी नै तहसनहस हुँदैछ उता एउटा क्लास डिष्टर्ब भएकोमा डाक्टर लाई त्यत्रो चिन्ता तर विवश छु कसले सुनिदिने मेरो चित्कार एकान्तमा वरीपरी कोही नदेख्दा मलाई डर लाग्छ रुनेगर्छु कहिले कोही आइनैहाल्छन कहिले मेरो क्रन्दन यत्तिकै हावामा विलिन हुनपुग्छ उता मेडिकल इस्टुडेन्टहरु Ethical case पाएकोमा दंग छन उनिहरु आउँछन अनी मेरा बारे Ethics का ठुला ठुला कुराहरु गर्छन्: Principlism  देखी social Justice सम्मका यो भनेको के हो मलाई थाहा छैन थाहा केबल मेरी आमा अब सँग रहिनन, एक्लिएको छु जन्मेको २३ दिन बितिसक्यो मेरी आमाको कुनै अत्तोपत्तो छैन कहिलेकाही भाग्यले ठगिँदाठगिंदैको भाग्यमानी जस्तो पनि लाग्छ मैले जती धेरै डाक्टरहरुले ध्यान , मैले जती धेरै नर्सहरुको स्याहारमैले जती मेडिकल इस्टुडेन्टहरुको छहारि शायद अरु कुनै बच्चाहरुले पाएनन होला तर उनिहरुले हजार ढुङ्गाहरु गुमाएर एउटा हिरा पाएका थिय जसलाई दुनियाँ आमाको नामले पुकार्नेगर्छ तर चारैतिर ठुला पर्वतहरुले घेरिएपनी एउटा खोंच बन्नपुगेको थिए  त्यसैले समाजका यती प्रतिष्ठित ठुला गनिने मान्छेहरुको छहारिमा एउटा सानो बालक , संघर्षरत छु जीवनसंगै। मेरो बारेमा सुनेका ब्यक्तिहरुको सहानुभुती सँगालेर राखेकोभए अहिलेसम्म शायद सागर बनिसक्थ्यो होला तर यथार्थ यही नै हो कि यि कसैले पनि मेरो स्वप्निल वाल्यकाल फिर्ता ल्याइदिन सक्दैनन लाग्दछ म एउटा बोझ भइसकेकोथियँ, अस्पातलको लागि, त्यहाँका कर्मचारीहरुको लागि , स्वयम आफ्नै लागि अनी मैले चिन्न नपाएकी आमाको लागि पनि।   । रोइरहेको छु , खाइरहेको छु , बाचिरहेको छु तर के का लागि आँफैलाई थाहा छैन
धेरै दिन बितिसकेको छ अनिश्चित भबिश्य लिएर नर्सिङ वार्डको एउटा कुनामा थन्किएको । हरेक रात रुँदारुँदा थाकेर त्यहीँ निदाउछु म अनी मध्यरातमा ब्युझिएर दाँयाबायाँ हेर्छु त केबल एक्लो पाउछु आफुलाई । अब त रुने सामर्थ्य पनि छैन म सँग । साँच्चीनै कत्ती अभाव र तनावको जिन्दगी बिताउँदैछु म । कत्ती अभागि रहेछु म कि अमृत पिलाउने आमा पाईन मैले , तेल घसेर हड्डी बलियो बनाइदिने हातहरु पाईन मैले , भिडभाडमा मलाई रोग सर्ला कि भनेर डराउने मुहारहरु पनि पाईन मैले न त जन्मदिनको खुशीयाली मनाउने परिवार नै पाएँ ,कारण शायद मेरो चिरिएको ओठ जसमा मेरो कुनै दोष समेत छैन।  
थाहा छैन मेरो भोली के हुने हो ,हुर्किएर बाहिरको दुनियाँ पनि देख्नपाउनेछु या यही अस्पातलकै कुनामा जिन्दगीको अन्त्य हुनेछ । भाविले मेरो पोल्टामा जस्तोसुकै लेखेको भएतापनी मर्नुअगाडी मलाई एकपल्ट ति अपरिचित आमाको मुहार हेर्न मन छ र भन्न मन छ , “आमा तिमीलाई त माया गर्ने छोरा नभएर सबै शारिरिक बानावट मिलेको गुडिया चाहिएको थियो हगी । म ऋणी छु तिम्रो गर्वको । कत्ती भौतारिन्छौ तिम्रो चाह को खोजिमा , हेर मसँग छ तिमीले खोजेको गूडिया ,मलाई एउटा नर्स दिदिले उपहार सम्झेर दिनुभएको थियो ।  मेरो लागि उठाएको नौ महिनाको कष्ठको मोल सम्झेर राख्नु , म जाँदैछु तिमी बाट र यो दुनियाँ बाट धेरै टाढा जहाँबाट सुन्दर जिन्दगी जिउने सपना बकेर यस धर्तिमा पाइला टेकेको थिय...



यो बालकको जन्म आजभन्दा करिब 3 महिना अगाडि ३५ बर्षिय आमाको कोखबाट पाटन अस्पातलमा भएको थियो  vaccum delivery बाट जन्माइएको यो बालक पूरा महिना पुगेर जन्मिएको थियो उसको एकमात्र समस्या भनेको उसको माथिल्लो ओठ चिरिएको थियो जसलाई चिकित्साबिज्ञानको भाषामा " Cleft lip & cleft palate" भनिन्छ यो धेरै ठुलो समस्या हैन यसलाई प्लाष्टिक सर्जरिमार्फत सुधारेर सामान्य बालक सरह बनाउन सकिन्छ , जसको उपचार नेपालमा सित्तैमा गरिदिने ब्यवस्था यि कुराहरु थाहा हुँदाहुँदै पनि बालककी आमा उसलाई छोडेर अस्पातलबाट भागेकी थिइन, जसको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। धेरै दिन अस्पातलको बसाइपस्चात एक किसान दम्पतीले उक्त बालकलाई पाल्ने इक्ष्या देखाएका थिए उनिहरुको बिहे भएको १८ बर्ष भईसक्दा पनि कुनै बच्चा हुनसकेको  रहेनछ।  सोहिअनुरुप कानुनी प्रकृया पुर्याएर बालकलाई त्यस किसान दम्पतिको काखमा सुम्पिएको थियो मलाई आशा त्यो बालकले नयाँ खुशी पाएको , माया पाएको शायद अहिलेसम्म उसको ओठको सर्जरी पनि भैसक्यो होला सो बालकलाई मेरो तर्फबाट सुन्दर भबिष्यको शुभकामना।
" यसरी अभिभावकहरुले आफ्ना बच्चालाई या Cleft Palate या Down's Syndrome या Cerebral Palsy आदीइत्यादी समस्या भएकै कारणले स्विकार्न छाड्ने हो भने सोँचौ ति निरिह बालबालिकाको भबिष्य के होला? आफ्नो कोठाको चार भित्ताबाट बाहिर चिहाएर मात्रै हेर्ने हो भने पनि न्युरोडको गल्लिगल्लीमा "दाई पाँच रुपैयाँ" भन्ने ओठहरु , फोहोरको थुप्रो केलाउँदैगरेका कलीला हातहरु , घाँटि रेटेर जङलमा गाडीएका सानो लासहरु अनी बागमतीमा जिवित बगाइेका प्राणहरु सबै यस्तै कमजोर मानसिकताका उपज हुन यसबाहेक भ्रुणहत्याको महाकाब्य पनि आँफैमा कहालीलाग्दो यथार्थ बनेर जकडिएकोछ हाम्रो समाजमा     यसर्थ यस्तो दानविय प्रवित्तिको अन्त्य हुनु आजको आवश्यकता भैसकेकोछ
 आफ्ना सन्ततिलाइ माया गर्न सिकौँ, अपाङ्गता उनिहरुको अपराध होइन। उनिहरुको पनि हाम्रोजस्तै मन हुन्छ जसलाई अझ बढी मायाको खाँचो छ। अपूर्णतामा पूर्णताको आभास गर्नसक्नु नै जिउनुको आधार हो
(समर्पण यो लेख ति आमाप्रती जसले शून्यतामा महल बनाउने सपना बोकेर धर्तिको सुन्दर झुपडी उजाडेकिछन्)

#Thank You...      

Most Viewed