Wednesday, September 18, 2013

समर लभ: एउटा ककटेल उपन्यास

"समर लभ" यानिकी छोटो समयको अवीस्मरणिय प्रेम, सरल भाषामा लेखिएको एक सुन्दर उपन्यास  एउटा रचना जसले पाठकको एक रातलाई एउटा मिठो प्रेमकथा त्यसका उतारचढावहाँरुसँग बगाउने सामर्थ्य बोक्छ
Photo by Google
यो उपन्यास T.U. मा मास्टर पढ्दैगरेका दुई प्रेमी उनिहरुको प्रेमकै सेरोफेरोमा घुमेको पाईन्छ  कथाको शुरुवात T.U. को नोटिस बोर्ड बाट हुन्छ । उपन्यासमा Entrance Topper "साया"    ब्याकबेन्चेर  "अतित" बिचको  रमाइलो प्रेमकथा लाई निकै आकर्षक ढंगले प्रस्तुत गर्न खोजिएको छ  तर कताकता लेखकले उपन्यासलाई  राम्रो सँग बिट मार्न नसक्दा पाठक बर्गलाई प्रश्न चिन्हमै  उपन्यास  बाट बाहिरिन बिवश पारेको हो कि जस्तो भान चाहिं भइनैरहन्छ, शायद रहस्यमय राखेतापनी सोको लागि कतै कुनै लजिकल ठाउँ नछोडेको भएर पनि होला । अत: सरल  भाषामा   लेखिएको मध्यम कोटिको  को  उपन्यास  हो "समर लभ"  .
उपन्यासमा कोरिएका केही घतलाग्दा लाइनका झलकहरु :
  •  प्रेम जुवा उस्तै उस्तै हो फँलास खेल्दा एकैचोटी तीन पत्ती देखाइदियो भने के मज्जा हुन्छ र !  हुन्न नि बिस्तारै एक एक  पत्ती  देखाउँदै , ढुकढुकी बढाउंदै खेल्नुको मज्जै बेग्लै हुन्छ प्रेम पनि झ्यापझुप गरिहाल्यो अनी सकियो के मज्जा होस् !! 
  •  इन्ट्रान्स टपर साया ब्यकबेन्चर बंकर भईसकीछे मेरो प्रेममा,,  सदाबहार ब्यकबेन्चर नै थियँ, के नै फरक पर्थ्यो
  •  दुनियाँसँग लुकी लुकी डेटिङ जानु , क्लास मा बसिहाले पनि कागजमा लेखेर कुराकानी अनी  मिसकलको आदानप्रदान दैनिक रुटिनजस्तै भईसकेको थियो
  • उसले सोधी , " मा के देखेर मन परायौ?" , अनी मैले भने, केटी मान्छेहरुको सबैभन्दा मन पर्ने कुरा  जेन्डर नै हो
  •   उसँगको  एकै रातमा अल्लारे केटोबाट बयस्क पुरुष भएझैं लाग्यो
  • फेसबुकमा आफ्नै प्रेमिकाका घुमाउरा स्टाटस पढेर केही थाहा नभयजस्तो  गर्नु, , " बधाई छ", "को हो त्यो भाग्यमानी?"  आदी कमेन्ट गरेर अरुको आँखामा छारो हालिन्थ्यो
  • ऊ पढाईको शिलशिला मा नर्वे र म कामको शिलशिलामा धनगढी जानुपर्ने भयो
  • उसलाई  मेरो  आवाज  सुन्न  मन  लाग्दा फोन  गर्थी , कुरा गर्न  फेसबुक  थियो , हेर्न  मन  लागे  Skype थियो । तर पनि    उसँग  बिस्तारै  टाढिंदै  थिएँ
  •  यादहरु  भनेका  Tranquilizer जस्तै  रहेछन    , सम्झिउन्जेल  नशाजस्तै  सम्झिन  छाडेपछी   छटपटी  मात्रै
  •  प्रेममा  जती  खुशी    उती  नै  भयानक   पनि, अलिकती  बिग्रियो  भने  सन्तुष्टिको ब्याजसहित  असुली  गर्छ 
  • प्रत्यक चोटि फोन बज्दा उसैको आश रहन्थ्यो
  • प्रेम  गर्दा  पनि  उत्पातै  गर्यौ  , छोड्दा   पनि  उत्पातै  गर्दैछौ  , रुवाउने गरी
  • उसले कारण कहिले बाताइन , बोल्ने को हजार शब्द भन्दा पनि नबोल्ने को मौनता निकै धारिलो हुदोरहेछ, मुटु रेट्नका लागि
  • तिमीसँग सरोकार राख्ने  सारा  चिज जलाइसके  साया , अब केबल  बाँकी छु
  • सधैं टपर हुँदै आएकी तिमीले यो प्रेमको खेलमा पनि मलाई उछिन्यौ साया
  • कुनै बेला पतीपत्नी थियौं हामी
  • तर  सम्बन्धको  धागो  उसैले चुडाएकी हो , नचुँडेका मसिना  केही  धागोहरुको सहायता ले  यहाँसम्म आइपुगेकोछु  , आफ्नो  जागिर  , परिवार  अनी  पुरै  नेपाल  छोडेर
  • साला प्रेम यस्तै रहेछ त्यो एकथोक बनेर  आउँछ अनी सबथोक लिएर जान्छ 
    समग्रमा भन्नुपर्दाएउटा जवान प्रेमकथा , TU को सेरोफेरो , पोखराको तालहरु देखी नर्वेको अपार्ट्मेन्टसम्मका उतारचढावहाँरुको ककटेल हो "समर लभ"
  
#Thank You 
#

Most Viewed