Monday, July 7, 2014

नारी

अचानोझैं रेष्टुराका खाटखाटमा तिमी छौ
अंग अंग छुने पापी हातहातमा तिमी छौ

साँझ पख भट्टी नेर एक हुल भमराको
तिनले पिउने सोमरसको मातमातमा तिमीछौ

अँधेरोमै आँचल फेर्ने कस्तो रिती यो शहरको
झिलमिलिमै पाप छोप्ने रातरातमा  तिमी छौ

छुवाछुतको नारालाउने पट्टीबाँधी चुम्छन तिमीलाई
ठुला देखी साना सम्म जातजातमा तिमी छौ

बत्ती निभ्दा शुरु भई बलेपछी छुट्ने माया
नारीमाथि चलिरहने घातघातमा तिमी छौ

फुलजती मनकी रानी घरअकी रानी बनाउँदा
भमराले कुल्चि हिंड्ने पातपातमा तिमी छौ

पाँचमिनेटलाई लाख दिने धनी साधु रम्दैगर्दा
खुशी बेची आँसु साट्ने बातबातमा तिमी छौ

अचानोझैं रेष्टुराका  खाटखाटमा तिमी छौ
अंग अंग छुने पापी  हातहातमा तिमी छौ      

Most Viewed