कृष्णमन्दिर, शायद पाटन(ललितपुर)को मुटु भन्दा पनि दुइमत नहोला। पुर्खाहरुको धरोहर , ईतिहास को सुन्दर प्रतिबिम्ब अनी विश्व सम्पदा सुचिमा समेत सुचिंकित् पाटन दरबार स्क्वायर । मेरो नेपाल को गौरब।
यस मन्दिर सँग एउटा धार्मिक आस्थाको रुपमा भन्दा पनि अली अलग्गै खालको साईनो छ मेरो। सानोमा महाभारत हेर्दा जब जब अरु कुराकानी सुरु हुन्थ्यो म रुने गर्थे अनी हजुरआमाले फकाउनलाई अब कृष्ण आउने बेला भो भनेपछी चुप हुन्थे र सच्चिकै सो नामको पात्र आयपछी सार्है हर्श मानेर हेर्ने गर्थे। एस् ल् सि सकेपछी काठमान्डौ मा पाइला टेकेको दिनदेखी नै पाटन कै सेरोफेरोमा बसेको भयर पनि होला कृष्णमन्दिर सँगको सम्बन्ध अली गहिरो नै छ मेरो लागि। यथार्थ भन्नुपर्दा शायद बितेका ५ बर्षको अन्तरालमा म मुश्किल ले ३ पटक भित्र छिरेको छु होला, पूजा गर्न भनेर , त्यो पनि बर्थ्डे को साइत पारेर । तर कृष्णमन्दिरको सेरोफेरो मा घुम्न अनी बस्न का लागि गयको पलहरु त अनगिन्ती नै भय होलान। म कहिलेकाही सोच्ने गर्छु पाटन जस्तो साघुरो र घरै घर ले भरियको ठाउमा एउटा कृष्णमन्दिर मात्र पनि हुँदैनथ्यो भने अस्पताल मा डिप्रेसन का बिरामीको सन्ख्या ह्वात्तै बढेर जान्थ्यो होला । साझ साझ साथीहरुसँग होस् या एक्लै, मन्दिर को सेरोफेरो मा बसेर शितल हावा खानुको मज्जै बेग्लाई छ, तेसै गरी निरन्तर ओहोरदोहोर गर्ने मान्छेहरु लाई नियालेर कल्पिनु को अनुबव पनि मिठो नै हुन्छ । त्यती मात्र नभयर जाडो मा कफी अनी गर्मीमा आइसक्रिम को स्वाद मा मन्दिरको संघार मा बस्दाको पल , आहा बर्णन गरिनसक्नु हुन्छ। जब जब दिन छिप्पिदै जान्छ मन्दिरको श्रिङ्गार पनि थपिदै जान्छ। साँझमा मन्दिरको वरीपरी जलाइने दियो को चमक, बिजुली जडित पहेलो रोम्यान्टिक रङका बत्तिहरुको प्रतिबिम्ब, मन नै स्थिर हुनेगरी गुन्जिने भजनहरुको आवाज आँफैमा अबिस्मरानीय छन। त्यतिमात्र हैन, शायद मन्दिर देखी नजिक भयर पनि होला दरबार स्क्वायर को रातको रौनक पनि देख्ने अवसर पायको छु मैले । राती २ बजे साथीहरुसँग मन्दिर घुम्न जादाको त्यो दिन । एकदमै शान्त सेरोफेरो, चिसो बतास, सँगैको धुङेधारा मा पानी भर्न लाइन बस्दैगरेका केही उपत्यकाबासिहरुको गुट, चारैतिरबाट मन्दिरलाई केन्द्रित गरेर बलेका रोम्यान्टिक बत्तिहरु अनी साथीहरुको साथ , यसरी व्याख्या गरेर साध्दे छैन त्यो अनुभव। बिहानै सबेरै देखी मन्दिरको स्वरुप फेरिन थालदछ। मान्छेहरु कोही पूजाका लागि त कोही गन्तब्यको बाटो मानेर त्यहाबाट गुज्रिन थालछन। पुन: भजन , दियो , प्रभातको आभास। यि बाहेक मैले सुनौलो पल त्यहा बितायको भनेको सुन्दर परेवाहरुको जमात पनि हो । बिहानै मन्दिर वरीपरी जम्मा हुने पंक्षिहरुलाई चारो खुवाउने को भिड पनि रमाईलै हुन्छ । मैले पनि कैयन पल्ट चारो हालेको छु। चारो खान एकत्रित परेवहाँरुको माझबाट केटाकेटी जस्तै दगुर्दा उड्ने चराहरुले फ्याक्ने चिसो हावाको झोक्का अहिलेपनी महशुस हुँदैछ मलाई । यसर्थ, कृष्णमन्दिर मेरो लागि नजिकैको सुन्दर गन्तब्य हो : दु:ख , सुख या तटस्थ अवस्था मनाउनका लागि...
No comments:
Post a Comment