दिनभरीजसो अस्पतालको को दौडधुप अनी क्लासहरुको चापले गर्दा पनि होला आज अली बढी नै थकान महशुस भईराखेको थियो। यसर्थ म सदाभन्दा अली छिट्टै नै बिस्तारामा पल्टिसकेको थिएँ। औँशिको चकमन्नतालाई चिर्ने प्रयत्नमा छेवैको साथीको कोठामा बज्दैगरेको सुमधुर गीत लोहरी बनेर मलाई निन्द्रादेवीको काखमा विलिन पार्ने चेष्टामा देखिन्थ्यो। यत्तिकैमा मेरो फोनमा घन्टी बज्यो। सो फोनबाट उत्तरस्वरुप आयका आवाजहरु सामान्य थियनन। त्यो आवाज जसले मन , मस्तिष्क अनी निन्द्रालाई बिथोल्दै यि पानाहरुमा मेरा अन्तर्मनका ज्वालाहरु कोर्नका लागि विवश बनायो । म आफ्नो कोठाको आँखिझ्यालबाट बाहिरको अन्धकारलाई चिहाउँछु र कल्पिन थाल्छु जीवनको बारेमा ...
मलाई लाग्दछ जीवन कत्ती रमाइलो छ , कत्ती अवसरहरु छन। जिउनु आँफैमा पूर्ण छ जसमा पनि संसारको सर्वश्रेष्ठ प्राणी कहलियर जिउनुको अनुभुती अवर्णनिय छ । जीवन भनेकै मुस्कानहरुको साटासाट हो , समस्याहरुसँग सिँगौरी खेल्दाको सन्तुष्टी हो । तर यही परीभाषा सबैका लागि ध्रुवसत्य नहुन सक्छ । मानिसको रुप, जीवनशैली र भोगाइहरुको भिन्नतासँगै जीवनको बुझाई पनि फरक हुनु स्वभाविकै हो । जीवन सधैं गुलाबहरुको बिचमा मुस्काउनैपर्छ भन्ने केही छैन, कहिले काँडाहरुबिचको क्रन्दन पनि जीवन नै हो । तर त्यसो भन्दैमा स्वयम मालिले नै सुन्दर कोपिलालाई निमोठ्न खोज्नुले मानिस चेतनशिल प्राणी भन्ने कुरामा औंलो ठड्याएको होइन र ? हो , अवश्य पनि । किनकी यसैको जल्दोबल्दो द्रिष्टान्त केही पल अगाडिको मेरो फोन कल थियो , अर्थात मेरी एक चिनजानकी बहिनिले चिन्न नसकेको सुन्दर जीवनको अन्त्य : आत्महत्या ( एक बालिका जो पढ्नमा धेरै चलाख थिइ। आफ्नो क्लासमा सधैं प्रथम आउने छात्रा । एस.यल.सि. को रिजल्ट आयो। पर्सेन्टेज को हिसाबले प्रथम नै भई तर बिडम्बना 'सामाजिक शिक्षा' भन्ने बिषयमा फेल हुनपुगी। के सबै बिषयमा राम्रो गरेर प्रथम भएकी ऊ सामाजिकमा फेल हुनु सामान्य देखिन्छ? सोचनिय छ कि दोष उसको या अस्तब्यस्त पारीक्षा सिस्टमको??? )
मलाई लाग्दछ जीवन कत्ती रमाइलो छ , कत्ती अवसरहरु छन। जिउनु आँफैमा पूर्ण छ जसमा पनि संसारको सर्वश्रेष्ठ प्राणी कहलियर जिउनुको अनुभुती अवर्णनिय छ । जीवन भनेकै मुस्कानहरुको साटासाट हो , समस्याहरुसँग सिँगौरी खेल्दाको सन्तुष्टी हो । तर यही परीभाषा सबैका लागि ध्रुवसत्य नहुन सक्छ । मानिसको रुप, जीवनशैली र भोगाइहरुको भिन्नतासँगै जीवनको बुझाई पनि फरक हुनु स्वभाविकै हो । जीवन सधैं गुलाबहरुको बिचमा मुस्काउनैपर्छ भन्ने केही छैन, कहिले काँडाहरुबिचको क्रन्दन पनि जीवन नै हो । तर त्यसो भन्दैमा स्वयम मालिले नै सुन्दर कोपिलालाई निमोठ्न खोज्नुले मानिस चेतनशिल प्राणी भन्ने कुरामा औंलो ठड्याएको होइन र ? हो , अवश्य पनि । किनकी यसैको जल्दोबल्दो द्रिष्टान्त केही पल अगाडिको मेरो फोन कल थियो , अर्थात मेरी एक चिनजानकी बहिनिले चिन्न नसकेको सुन्दर जीवनको अन्त्य : आत्महत्या (
हो यो घटना आजको मात्र हैन , ति बहिनिको मात्र पनि हैन । अचेल हरेक दिन कान्तिपुरको पानामा होस्, बिबिसि को समाचारमा होस् या टेलिभिजनको 'आजतक' मा नै किन नहोस् , यस्ता घटनाहरुले तँछाड-मछाँड गर्दै आफ्नो स्थान कब्जा गर्दैछन। तथ्यांकहरुलाइ केलायर हेर्ने हो भने केही मानिसहरु प्रेममा धोका खाएर, कोही पारीक्ष्यामा फेल भएर, कोही रिण तिर्न नसकेर , कोही सासुको बचन सहन नसकेर त कोही श्रीमानको कुटाइ सहन नसकेर आत्महत्या गरेको पाईन्छ। यस्ता तथ्यांकहरुलाइ केलाउँदै गर्दा मेरो मन मसंगै प्रश्न गर्दैछ , आखिर मानव जीवन केका लागि ?
के सृष्टी को प्रकृया कायम राख्नका लागि मात्र एक बालक को जन्म हुन्छ त ? त्यस्तो त अवश्य होइन होला, वास्तवमा यो जीवन केही मिनेट, दिन अनी रितुहरु काट्नका लागि मात्र होइन । जीवनका हरेक पलहरुलाई जिउन सक्नुमा नै यसको सार्थकता छ । यसर्थ, जीवन लाई बाध्यता नभयर अवसरको रुपमा लिन सक्नुपर्दछ।
हुन त सबैलाई लाग्दो हो मलाई मात्र कत्ती समस्याहरु आइपरेको होला भनेर । तर यो संसारमा समस्या , चिन्ता नभयको मान्छे खोजेर पत्ता लगाउनु भनेको समुन्द्रमा डुबेको मान्छेलाई टुकी बालेर खोज्नुसरह हो । चाहे एक किलो चामल किन्न नसकेर भोकै बस्नुपरेको गरीबको अवस्था होस् या बर्षभरी पढेर पनि पारीक्ष्या बिग्रियको अवस्था, सबैलाई आफ्नै समस्या ठुलो लाग्नु स्वभाविकै हो। तर त्यो समस्यासंगै भागेर आत्महत्या जस्तो बाटो अपनाउनु कहाँसम्मको लज्जा र कायरता हो ?
जीवन आँफैमा त्यती मुल्यहिन र निराशजनक हुँदैन। यो बजारमा पाइने खेलौना होइन कि एउटा नभए केही नोट खर्चेर अर्को ल्याउँ । यसका लागि , परदेशबाट छोरो आएर पानी खुवाउला र चयनसँग मरुँला भनेर घिटिघिटी सास अड्किरहेकी बुढी आमालाई सोध जीवन के हो ? काखमा नाबालकहरु रुँदै गर्दा दुबै किड्नी फेल भयर विरक्तियको मान्छेलाई सोध जीवनको मुल्य? रत्नपार्कको गल्लिमा चारवटै हातखुट्टा नभएर पनि भिख मागेर गुजरा चलाइरहेको बालकलाई सोध जीवन के हो भनेर ? नाजायजताको दाग लागेर गर्भमै हत्या गर्नलागियको भ्रुणलाई सोध जीवनको मुल्य??
कहिलेकाही हामी मानव देखेर अचम्म लाग्दछ मलाई । यही मानव नै हो कि कहिले आदर्शको शिखरमा गौतम बनेर बस्दछ , कहिले टेरेसा बनेर अरुको सेवामा लाग्दछ त कहिले हिट्लर बनेर विश्व नरसंहारमा देखापर्दछत कहिले आँफैदेखी हरेश खायर आत्महत्याको बाटो औल्याउँछ। सोही आत्महत्याको लागि जुटेको आत्मविश्वास र शाहस यदी समस्या समाधानका लागि खर्चने हो भने जस्तोसुकै समस्याको पनि समाधान निकाल्न सकिन्छ शायद । शायद समस्याहरुको जन्जिरमा आत्महत्याको बाटो अङालेका ति निरिह मुटुहरुलाई सोध्न मिल्दो हो त जवाफ मिल्दथ्यो होला उनिहरुबाट त्यो गल्तिको...
म आशा गर्दछु कि जीवनको गोरेटोमा अगाडि बढ्ने क्रममा कसैको जीवनमा यस्तो मोड नआओस कि ऊ अन्तर्ध्वन्दको शिकार बनोस । तैपनी कुनै दिन कुनै पल मनमा यस्तो विचार आयमा एकपटक सोच्नुहोस् आफ्नो परिवारलाई, सम्झनुहोस् रत्नपार्क को त्यो बालकलाई , त्यो भ्रुणलाई। हो आज हरेक मानिस आइन्स्टाइन बनेर ईतिहास रच्न नसक्लान , सबै फ्लोरेन्स नाइटिङेल बनेर दुनियाँको मुटुमा रहन नसक्लान । सबैको प्रेम रोमियो र जुलियटको जस्तो आदर्शवादी नहोला, तरपनी त्यसको समाधान आत्महत्या हो त ?
No comments:
Post a Comment