दुनियाँ लाई जितेपनी आँफैसँग हार्दैछु म,
खुशीयाली पाखा लागे आसुँधारा झार्दैछु म
कत्ती माया गर्छ्यौ तिमी कत्ती आफ्नो भन्छ्यौ तिमी,
धेरै पहिले टुक्र्यो मुटु काँडेतारले बार्दैछु म
मेरो थोत्रो झुपडिमा ब्यर्थै आयौ मिर्मिरे झैं,
अन्धकारको राज्यतिर छिट्टै बसाइँ सार्दैछु म
धन्यवाद तिम्रो चेष्टा सुनाखरी फुलाउने,
पलायका मनका आशा कोपिलामै मार्दैछु म
आकाशको जुन तिमी जुनकिरिलाई छाड बिन्ती,
मेरो भागको धिप् धिप् झिल्को चितातिरै पार्दैछु म
दुनियाँ लाई जितेपनी आँफैसँग हार्दैछु म,
खुशीयाली पाखा लागे आसुँधारा झार्दैछु म ।।।
यो गजल अचम्मको बहाब मा छ ।
ReplyDeleteलाग्दछ सुधन कुनै तनाब मा छ ।
आखिर कस्लाई सम्झेर यो लेखिस ?
कोही त पकै पनि दिमाग मा छ ।
सुधन फेरी निस्चल निलो पानी भैसक्यो
ReplyDeleteलप्कन छप्कन छोडि अचेल ज्ञानी भैसक्यो
बस् कागज को खोस्टा र कलम भय पुग्छ उस्लाई
शुन्यता मै गजल रच्ने बानी भैसक्यो
#ThankYou for your valuable comment Sarose NepAli
ज्ञानी भए भन्दैछ, कसरी पत्याउनु
ReplyDeleteछट्टुले गफ हान्दैछ, कसरी पत्याउनु
भनिन्छ, क्यही त हुनै पर्छ उर्जा दिने
त्यतिकै कलम चल्दैछ, कसरी पत्याउनु
u r welcome, blog kai pahilo comment hola, haina?
जबर्जस्ती पत्या भनी भन्न मिलेन
ReplyDeleteआफ्नै तारिफ रोप्न बारी खन्न मिलेन
कत्ती ज्ञानी हाम्रो सुधन भन्ने ओठको कमी छैन
एक दुई तीन चार गर्दै करोड गन्न मिलेन :D
U r privileged to give 1st comment on my blog, :)
राम्रो भनी फुर्क्याको हो कि
ReplyDeleteफाईदा लिन झुक्याको हो कि
कि तैँ झुठो बोल्दै छस सुधन
करोड छन भनी घुर्क्याको हो कि
and u r privileged with one more comment/reply.
दोहोरी गतिलो चल्छ जस्तो छ...
फुर्क्याउनु र झुक्याउनु त बच्चा खेल्ने खेल हो नि,
ReplyDeleteजता राम्रो उतै ताली कलीयुग को भेल हो नि।
नराम्रो लाई राम्रो भन्ने सरोज जस्तो हुन्नन सबै,
असल सुधन मिठो तारिफ, हुनैपर्ने मेल हो नि।