 |
|
एकादेशमा एउटा निकै दयालु राजा थिए । एकदिन उनले राज्यभ्रमणमा निस्केको बेला शहरको भिन्नभिन्न स्थानमा दुई जनावरका लावारीस बच्चाहरु देखेछन। उनलाई ति बच्चाहरुको निकै माया लागेर आयो अनी कुन प्रजातिको जनावर होलान भन्ने पनि वास्ता नगरि दुबैलाई आफ्नो रथमा हालेछन र दरबार लगेर पाल्नथालेछन । सालहरु बित्दै गए, जनावरहरु पनि हुर्कदै गए । दुबै हेर्दा लगभग उस्तैउस्तै देखिन्थे । तर ति दुई मध्यको एकले राजालाई निकै बफादारीका साथ माया गर्नथाल्यो भने अर्को चाँही दरबारकै कुखुराहरु चोरेर खाइदिने, दरबारमा आउने पाहुनाहरुलाई नै झम्टने गर्नथाल्यो । यो देखेर राजा निकै चिन्तित भए र त्यस हिंस्रक जनावरलाई सम्झाउन पुगे । तर बिडम्बना, त्यस दुष्ट जनावर आफ्नै रक्षकमाथी नै जाईलाग्न पुग्यो र बिचरा राजालाई घाइते बनाइदियो । त्यसपछी राजाले बाध्य भएर त्यस पापी जनावरलाई दरबारबाट निकालिदिए । त्यत्तिकैमा एक पशुविज्ञ राजाकोमा पुगेर बिन्ती चढाए,"महाराज, हजुरले पालेको जनावरहरु उस्तै देखिए पनि एउटा कुकुर हो त अर्को स्याल प्रजाती । तर हजुरले दुबैलाई बिनाभेदभाव हुर्काउने ईच्छा जाहेर गर्नुभएकोले यत्तिका बर्ष मौन बसें । हजुरलाई आक्रमण गर्ने त स्याल पो रहेछ।" राजाले त्यो ब्यक्तिलाई धन्यवाद स्वरुप केही असर्फी दिए तर उसको कुराप्रती कुनै प्रतिकृया भने जनाएनन् । उता दरबार निकाला भएको झोंकमा स्याल जंगलमा मुर्मुरिँदै हिडिरहेको थियो । त्यत्तिकैमा उसको अगाडि एक बाघ देखापर्छ र प्रश्न गर्छ,"स्याल भाई, तिमीलाई आज दरबारको तेत्रो सुखसयल छोडेर यस उजाड जंगलमा देख्दा निकै दु:ख लाग्यो । राजाले तिमीलाई नै किन यसो गरे होलान जबकी त्यो नाथे कुकुरलाई अझैपनि आफ्नै बिस्तारामा सुताइरहेछन।" जवाफमा स्यालले भन्छ,"हेर बाघदाई, त्यो राजा निकै पक्षपाती रहेछ । कमजोर माथी अन्याय गर्दोरहेछ । त्यो कुकुरको पुच्छरमाथि फर्केको र घुमाउरो भएकोले उसलाई काखा राख्यो अनी मेरो पूच्छर भुइँतिर लत्रेको भएर मलाई हेला गर्यो । अब पूच्छर लत्रेका हामी सबै जनावर यो भेदभावको बिरुध्द लड्नुपर्छ । जंगलका अबुझ र सोझा अन्य स्याल, बाघ, अर्नालगायतका जनावरहरु यो सुनेर निकै जोस्सिन पुगे र राजालाई मारेर दरबार हत्याउने षडयन्त्रमा अहंकारी स्यालको साथ दिनथाले।
नोट : लामो समयदेखिको आफ्नो मातृभूमीको राजनीतिलाई नियालेर यो कथा रचेको छु, बुझ्नेलाई ईशारा नै काफी छ।
No comments:
Post a Comment