भनिन्छ जिन्दगी यादहरुको संगम हो , केही मिठा त केही तिता । अन्य मानिसहरुसरह मेरा पनि आफ्ना भोगाइहरु छन । कत्ती भोगाइहरुले मलाई आँफुभित्र क्षमता अनी शाहसको बोध गराउँछन त कत्तिले पिडा र हिनताबोधको खाडलतिर धकेल्छन । मलाई लाग्दछ यि दुबै पाटाहरुबिचको सन्तुलन नै सफल जीवनको चिनारी हो । सफलता हरेक मानिसको चाहना हो र मेरो पनि । जसको प्राप्तिका लागि राम्रा कुराहरुको संकलन र अनावश्यक कुराहरुको भुलाई नितान्त आवश्यक छ । मैले यो ब्लग खोल्नुको एक उदेश्य आफ्ना जीवनका केही अविस्मरणिय घटनाहरुलाई यि पानाहरुमा सुरक्षित रुपमा कैद गरेर राख्न सकुँ भन्ने पनि हो । ताकी भविश्यमा अतितको खोजिका लागि पुराना कागजहरु र पात्रो पल्टाइराख्ने झन्झट गर्नुनपरोस । आज भन्दा सात बर्ष पहिलेमलाई ब्लग चलाऊने त के कम्प्यटर खोल्न पनि आउंदैनथियो । यसर्थ त्यतिबेलाका केही राम्रा घटनाहरु अहिले आएर भएपनी समेट्ने जमर्को गरेको छु : ति पलहरुलाई सुरक्षित पार्ने हेतुले । मैले यस ब्लगमार्फत शेयर गरेको यो लेख करीब सात बर्ष पहिलेको मेरो एक निबन्ध हो, जब म दस कक्षामा अध्ययनरत थियँ । यो निबन्ध मैले जिल्ला भु- संरक्षण कार्यालय (नवलपरासी) द्वारा आयोजित जिल्लास्तरिय निबन्ध प्रतियोगितामा विजयी हुँदाखेरीको हो । सात बर्ष पहिले र अहिलेको तुलना गर्दा म मा धेरै परिवर्तन आएका छन , शायद लेखन शैलिमा पनि । हिजो दराजमा रहेका किताबहरुको चाङमा अचानक यो निबन्ध भेटे, थोत्रो च्यातिनै लागेको जिल्ला भु- संरक्षण कार्यालय नवलपरासीको वार्षिक प्रतिवेदनको किताबमा । आफ्ना लेखहरु यसरी फालिएको देखेर आँफैन्देआफैँदेखि अलिकता रिस पनि उठ्यो र त्यो रचनाप्रती माया । यसर्थ , मलाई सो लेख यस ब्लगमा राख्न मन लाग्यो । कमसेकम सुरक्षित त होला । त्यसैले यो लेख पढ्दा त्यती स्तरिय नलाग्न सक्छ , सानो छँदा लेखेको लेख हो । वास्तवमा यो लेख शेयर गर्ने भन्दा पनि सुरक्षा गर्ने हेतुले अपडेट गरेको हुँ...


No comments:
Post a Comment