Tuesday, September 17, 2013

अतीतलाई फर्केर हेर्दा


भनिन्छ जिन्दगी यादहरुको संगम हो , केही मिठा केही तिता   अन्य मानिसहरुसरह मेरा पनि आफ्ना भोगाइहरु छन कत्ती भोगाइहरुले मलाई आँफुभित्र क्षमता अनी शाहसको बोध गराउँछन कत्तिले पिडा हिनताबोधको खाडलतिर धकेल्छन  मलाई लाग्दछ यि दुबै पाटाहरुबिचको सन्तुलन नै सफल जीवनको चिनारी हो सफलता हरेक मानिसको चाहना हो मेरो पनि जसको प्राप्तिका लागि राम्रा कुराहरुको संकलन अनावश्यक कुराहरुको भुलाई नितान्त आवश्यक मैले यो ब्लग खोल्नुको एक उदेश्य आफ्ना जीवनका केही अविस्मरणिय घटनाहरुलाई यि पानाहरुमा सुरक्षित रुपमा कैद गरेर राख्न सकुँ भन्ने पनि हो  ताकी भविश्यमा अतितको खोजिका लागि पुराना कागजहरु पात्रो पल्टाइराख्ने झन्झट गर्नुनपरोस आज भन्दा सात बर्ष पहिलेमलाई ब्लग चलाऊने के कम्प्यटर खोल्न पनि आउंदैनथियो यसर्थ त्यतिबेलाका केही राम्रा घटनाहरु अहिले आएर भएपनी समेट्ने जमर्को गरेको छु : ति पलहरुलाई सुरक्षित पार्ने हेतुले मैले यस ब्लगमार्फत शेयर गरेको यो लेख करीब सात बर्ष पहिलेको मेरो एक निबन्ध हो, जब दस कक्षामा अध्ययनरत थियँ यो निबन्ध मैले जिल्ला भु- संरक्षण कार्यालय (नवलपरासी) द्वारा आयोजित जिल्लास्तरिय निबन्ध प्रतियोगितामा विजयी हुँदाखेरीको हो सात बर्ष पहिले अहिलेको तुलना गर्दा मा धेरै परिवर्तन आएका छन , शायद लेखन शैलिमा पनि हिजो दराजमा रहेका किताबहरुको चाङमा अचानक यो निबन्ध भेटे, थोत्रो च्यातिनै लागेको जिल्ला भु- संरक्षण कार्यालय नवलपरासीको वार्षिक प्रतिवेदनको किताबमा आफ्ना लेखहरु यसरी फालिएको देखेर आँफैन्देआफैँदेखि अलिकता रिस पनि उठ्यो त्यो रचनाप्रती माया यसर्थ , मलाई सो लेख यस ब्लगमा राख्न मन लाग्यो कमसेकम सुरक्षित होला त्यसैले यो लेख पढ्दा त्यती स्तरिय नलाग्न सक्छ , सानो छँदा लेखेको लेख हो वास्तवमा यो लेख शेयर गर्ने भन्दा पनि सुरक्षा गर्ने हेतुले अपडेट गरेको हुँ...





No comments:

Post a Comment

Most Viewed